काठमाडौँ - राेमानियाकी सिमाेना हालेपले महिला एकलतर्फ जित निकाल्दै विम्बल्डन टेनिस प्रतियाेगिताकाे सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छिन्।
उनले गएरातिकाे खेलमा अमेरिकी खेलाडी अमाण्डा अनिसीमाेभालाई २-० काे साेझाे सेटमा पराजित गरेकी हुन्।
सेन्ट्रल काेर्टमा भएकाे खेल उनले ६-२ र ६-४ ले आफ्नो पक्षमा पारेकी थिइन्। अब हालेपले फाइनल प्रवेशका लागि कजाकिस्तानकी एलेना रेबाकिनाकाे सामना गर्नेछिन्।
ऐलेनाले अस्ट्रेलियाकी अजला टाेमल्जा नाेभिचलाई ४-६, ६-२ र ६-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेकी हुन्।