भारत। दक्षिण भारतीय अभिनेता अजित कुमारको चलचित्र 'भलिमाई'ले प्रदर्शनमा आएकै दिन एक अर्बको व्यापार गरेको छ। चलचित्र भलिमाई तामिलनाडुको ६५० सिनेमाघरमा लागेको छ। भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रले भारतले ७६ करोड र भारत बाहिर २० करोडको व्यापार गरेको छ। हाल दक्षिण भारतीय चलचित्रको लोकप्रियता बढ्दो अवस्थामा छ। केहि समय अघि प्रदर्शनमा आएको चलचित्र 'पुष्पा'ले पनि विश्वभरिबाट राम्रो माया पाएको थियो।
चलचित्र नेपालका सिनेमाघरमा समेत प्रदर्शन भइरहेको छ।