सन्दीप र सुबास बिग ब्यासमा बिकेनन्

काठमाडौँ - अष्ट्रेलिया क्रिकेट बोर्डले आयोजना गर्ने विश्व चर्चित बिग ब्यास लिग २०२२-२३ को ड्राफ्टमा नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र विकेटकिपर सुवास खकुरेललाई कुनैपनि टोलीले अनुबन्ध गरेनन्।

बिग ब्यासमा पहिलो पटक ड्राफ्टमार्फत खेलाडी अनुबन्ध गर्दा कुनैपनि टोलीले अनुबन्ध गरेनन्। सन्दीपले २०१८ पछि पहिलो पटक बिग ब्यास लिग खेल्ने छैनन्।

सन्दीपले २०२३ को सुरुवातमा युएई क्रिकेट बोर्डले आयोजना गर्ने इन्टरनेसनल लिग २० प्रतियोगिता डेजर्ट भाइपर्सबाट खेल्नेछन्। जसको कारण बिग ब्यास लिगमा आधा सिजनमात्र उपलब्ध हुने थिए। त्यसैले नलिएको हुनसक्ने अनुमान गरिएको छ। वेस्टइन्डिजका आक्रामक ब्याटर आन्द्रे रसेल, काइरन पोलार्ड र दक्षिण अफ्रिका फाफ डु प्लेसिसलाई पनि कुनैपनि टोलीले अनुबन्ध गरेनन्।

यसअघि सन्दीपले समान २ संस्करण होबार्ट हरिकेन्स र मेलबर्न स्टार्सबाट खेलेका थिए। २०२१/२२ को सिजनमा सन्दीपले १४ खेलमा १४ विकेट लिएका थिए। २०२०/२१ को सिजनमा ८ खेलमा ८ विकेट लिएका थिए।

सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए। उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए। सन्दीपले बिग ब्यासमा हालसम्म ४३ खेलमा ४८ विकेट लिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×