भारत। दक्षिण भारतीय चलचित्रका लोकप्रिय अभिनेता अल्लु अर्जुनकी छोरी अल्लु अरहा पनि चर्चित छिन्। अभिनेता अल्लु अर्जुन सामाजिक सञ्जालमा अरहाका तस्विर तथा भिडियोहरू शेयर गरिरहन्छन्। २१ नोभेम्बरमा पर्ने अरहाको जन्मदिनका लागि अल्लु अर्जुन छोरीसँग बुर्ज खलिफा पुगेका थिए। पाँच वर्षकी अरहाको जन्मदिन मनाउनका लागि ठूलो रकम खर्च गरिएको छ। अल्लु अर्जुनले आफ्नो सामाजिक सञ्जालका माध्यमबाट समेत छोरीलाई जन्मदिनको शुभकामना दिएका छन्। उनले एक तस्विरसँगै लेखेका छन् "ह्याप्पी बर्थडे मेरी सानी राजकुमारी। म तिमीलाई धेरै माया गर्छु । यो वर्षले तिम्रो जीवनमा धेरै खुसी छाओस्।"
