ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा। पूर्व–पश्चिम राजमार्गको विर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय यामनाथ राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मे १ ख १९५२ नं को ट्रकले ठक्कर दिँदा सोमबार राति उनी घाइते भएका थिए। घाइते रायको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत्युभएको प्रहरीको भनाइ छ। दुर्घटनामा संलग्न ट्रक र चालक इलाम सन्दकपुर–३ का रोशन लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×