विश्वकप फुटबलः कोस्टारिकासँग जापान १-० ले पराजित

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह‘ई’ मा जापानलाई १-० गोलको नतिजामा पराजित गर्दै कोस्टारिकाले प्रतियोगितामा पहिलो जित निकालेको छ।
अमेद बिन अली स्टेडियममा सम्पन्न खेलमा कोस्टारिकालाई जित दिलाउन केइसर फुलेरले गोल गरे।

पहिलो हाफ गालरहित बराबरीमा सकिएको खेलको ८१औं मिनेटमा फुलेरले गोल गर्दै कोस्टारिकालाई अग्रता दिलाएका थिए। त्यसपछि जापानले बराबरी गोल गर्ने थुपै्र अवसर पाएपनि त्यसलाई सदुपयोग गर्ननसक्दा कोस्टारिकाले पहिलो जित निकाल्दै तालिकामा ३ अंक जोड्यो।

यसअघिका ४ भेटमा कोस्टारिकासँग नहारेको जापना पहिलो पटक पराजित भएको हो। पहिलो खेलमा जर्मनीलाई २-१ गोलको नतिजमा पराजित गरेको जापान कोस्टारिकालाई हराउँदै अन्तिम १६ पुग्ने लक्ष्यमा थियो। पहिलो खेलमा कोस्टारिका स्पेनसँग ७-० गोलको नतिजामा पराजित भएको थियो।

समूह चरणको अन्तिम खेलमा जापानले स्पनसँग् प्रतिस्पर्धा गर्नेछ भने, कोस्टारिकाले जर्मनीको सामना गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×