काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी) को बाग्मती प्रदेश कमिटी घोषण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेमसंघले मुनु सिग्देलको अध्यक्ष्तामा १५१ सदस्यीय बाग्मती प्रदेश कमिटी घोषणा गरेकाे हो ।
कमिटीको उपाध्यक्षमा शान्ता पौडेल तथा कमला श्रेष्ठ रहेकी छन् भने सचिवमा संगिता पाख्रिन रहेकी छन् । त्यस्तै, उपसचिवमा शान्ता पाख्रिन तथा कोषाध्यक्षमा पार्वती सिलवाल चुनिएकी छन् ।
कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अनेमसंघ (समाजवादी) की अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्ती राईले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
कार्यक्रममा पार्टी उपाध्यक्ष तथा बाग्मती प्रदेश इन्चार्ज केदार न्यौपाने र अनेमसंघ उपाध्यक्ष तथा पार्टीको बाग्मती प्रदेशका अध्यक्ष साबित्रा भुसालले बधाई तथा शुभकामना दिएकी थिइन्।