अञ्जु पन्तको स्वरमा 'दुबो जस्तै हाम्रो माया' सार्वजनिक

काठमाडौँ - चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको नयाँ गीत ‘दुबो जस्तै हाम्रो माया...’ सार्वजनिक भएको छ। चर्चित गायक तथा सर्जक कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतको निर्माण समेत कस्तुपले नै गरेका हुन्।

बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोमा कस्तुप पन्त र एलिशा बास्तोलाको रोमान्टिक अभिनय देख्न सकिन्छ। सारथि म्युजिक प्रालिको ब्यानरमा निर्माण भएको भिडियो बिनोद बमले निर्देशन गरेका हुन्। मुकेश हुमागाईको छायांकन र बिनोद बमको सम्पादन रहेको भिडियो सार्वजनिक लगतै टिकटक लगायत सामाजिक संजालमा चर्चा पाएको छ।

भिडियो


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×