कञ्चनसँग लगनगाँठो कस्दै गोलकिपर किरण

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) लगनगाँठो कस्दै छन्।

उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन्। विवाह सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा हुँदैछ। किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटार पुग्नेछन्।

किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए। उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै  आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए। किरणले माजिया स्पोर्ट एण्ड रिक्रएसनबाट धिवेही लिग खेलेका थिए।

इंगेजमेन्टपछि किरणले आफ्नी आमा र प्रेमिका कञ्चनसँगै माल्दिभ्समै छुट्टी मनाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×