विश्वकप फुटबलको सुरक्षाको जिम्मा टर्कीको सेनालाई

काठमाडौँ - कतारमा हुने विश्वकप फुटबल खेलको सुरक्षाको जिम्मा टर्कीले लिने भएको छ। सुरक्षाका लागि कतारले सहयोग मागेपछि टर्कीले सेना पठाउने निर्णय गरेको हो।

टर्कीको संसदले सेना पठाउने सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबार पेश गरेकोमा उक्त प्रस्ताव पारित भएको हो। टर्कीले कतारमा ६ महिनासम्मका लागि सेना पठाउने तयारी गरेको छ।

यद्यपि टर्कीले कतारमा पठाउने सेनाको संख्याको विषयमा केही बताएको छैन। विश्वकप फुटबल नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मा कतारमा हुँदैछ।

विश्वकपमा ३१ टिमले सहभागिता जनाउने भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×