भारत। बलिउडमा विक्की कौशल र केटरीना केफको विवाहपश्चात प्रशंसकहरु अब अरु जोडीको पनि विवाह हेर्न लालायित रहेका छन्। अब सुनिल शेट्टीको घरसँग सम्बन्धित खबर पनि बाहिरिएको छ। खबरका अनुसार सुनीलकी छोरी अथिया शेट्टी र छोरा अहान शेट्टीको विवाह यसै वर्ष हुनेछ।
अहानले आफ्नी प्रेमिका तान्या श्रफलाई बेहुली बनाएर भित्र्याउनेछन् भने अथियाले केएल राहुललाई आफ्नो जीवनसाथी बनाउनेछिन्। तर, परिवारजनले आधिकारिक रूपमा यो कुराको घोषणा भने गरेको छैन।