बार्सिलोनाको शानदार जित

काठमाडौँ - स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ। ऊ सेल्टा भिगोविरुद्ध ३–१ ले विजयी भएको हो। 

क्याम्प नोउमा भएको खेलमा ३० औं मिनेटमा मेम्फिस डिपाएको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। ४१ औं मिनेटमा पियरे एमरिक औवामियाङले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए।

४५ औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३–० ले अघि बढेको हो। ५० औं मिनेटमा सेन्टा भिगोका लागि आस्पासले गोल गरेपनि बार्सिलोना ३–१ ले विजयी भयो। 

५८ औं मिनेटमा जेइसन मुरिल्लोले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि सेल्टा भिगो १० खेलाडीमा समेटिएको थियो। यो जितसँगै दोस्रो स्थानको बार्सिलोनाले ३६ खेलमा ७२ अंक जोड्दा पराजित सेल्टा भिगो समान खेलबाट ४३ अंकका साथ ११ औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×