चलचित्र ‘हनी बनी’मा जसिताको इन्ट्री

काठमाडौँ  - अभिनेत्री जसिता गुरुङले ‘हनी बनी’साइन गरेकी छिन्। बिहीबार लन्डन उडेका फिल्म निर्देशक दिवाकर भट्टराईले लन्डन पुगे लगत्तै जसितालाई साइन गरेका हुन्। 

‘लिली बिली’बाट नेपाली फिल्ममा डेब्यू गरेकी जसिता धिरज मगरसँग अभिनय गरेको ‘आइ एम ट्वान्टी वान’ फिल्मको रिलिजको पर्खाइमा छिन्। त्यसअद्धि उनले प्रदीप खड्कासँग ‘लभ स्टेसन’मा अभिनय गरेकी थिइन्। 

‘आइ एम ट्वान्टी वान’को सुटिङ सकाएर लन्डन फर्किएकी जसिता चरित्र सुहाउँदो भएकोले लिएको निर्देशक दिवाकर भट्टराईले बताए। कथा र चरित्र मन परेपछि शनिबार उनी फिल्ममा आबद्ध भएकी छिन्।

यो फिल्मका लागि सारा सिरपाइली फाइनल थिइन्। तर लन्डन ओभर स्टेको कारण देखाउँदै बेलायती दूतावासले उनको भिसा निवेदन स्वीकृत नगरेपछि निर्माण टिम विकल्प खोज्न बाध्य भएको थियो। यही क्रममा निर्माण टिमले लन्डनमा बसिरहेकी जसितालाई फिल्मको हिस्सा बन्न अनुरोध गरेको थियो।

निर्माण टिमले अभिनेताको भने अझै पनि टुंगो लगाउन सकेको छैन। लन्डन उड्ने समयमा अभिनेता अनमोल केसीले फिल्म छाडेपछि निर्माण टिम अभिनेताको विकल्प खोजिरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×