किन गरिन् रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग ?

काठमाडौँ । रञ्जु दर्शना विवेकशील साझा पार्टीकी एक चिर परिचित अनुहार हुन् । काठमाडौँ महानगरपालिकाको मेयरका लागि चुनावमा उत्रिने एक साहशी युवति हुन् उनी । उनले आज विवेकशील साझा पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै उनले पार्टीले वैकल्पिक राजनीतिक शक्तिको खोल मात्र ओढेको आरोप लगाउँदै त्यस्तो पार्टीमा आफू नरहने बताएकी हुन् । २०७० सालबाट सुरु भएको राजनीतिक यात्रामा आएका उतारचढावहरुलाई पार गर्दै आए ता पनि अहिले वैकल्पिक राजनीति भनि अघि बढेको पार्टीको नेतृत्वमानै ढोङ्ग भेटीएको उनले पत्र मार्फत आरोप लगाएकी छिन् । उनले पत्रमा लेखेकि छिन्, "सङ्घीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्गन्धित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले आउँदाे दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ ।"

यसरी विवेकशील साझा पर्टीले दिन प्रतिदिन पार्टीमा रहेका कुशल युवाहरुलाई गुमाउँदै जानु परेको छ । पार्टी भित्रका विवादका कारण केहि दिन अघि मात्र पनि पार्टी अध्यक्ष मिश्रले मिलन पाण्डेलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेका थिए । 

यसरी विवेकशील साझा पार्टी भित्र विवाद चुलिँदै जाने हो भने विवेकशील साझा पर्टीको भविष्य नरहने टिप्पणी विभिन्न राजनीतिज्ञहरुले गर्न थालेका छन् ।

विज्ञप्ति

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×