काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रख्यात गायिका मङ्गेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। प्रधानमन्त्री देउवाले ट्वीट गर्दै कैयौँ लोकप्रिय नेपाली गीतमा समेत आवाज दिनुभएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले आफू दुःखी भएको बताएका छन्।
प्रधानमन्त्री देउवाले दिवङ्गत मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन्।