नेपालका बाल कलाकार प्रसुन जंग पोखरेललाई बैंककमा चार अवार्ड

काठमाडौँ - थाइल्यान्डको बैकंकमा हालै सम्पन्न टिन स्टार इन्टरनेसनल २०२२ प्रतियोगितामा बाल गायक प्रसुनजंग पोखरेलले चार टाइटल जितेका छन्।

प्रतियोगितामा फोर्थ रनर्सअप भएका प्रसुन सो उपाधिसँगै बेस्ट स्विमिध्र कस्ट्युम, फ्रेन्डसिप अवार्ड र मिस्टर फोटोजेनिक गरि कुल ४ टाइटल चुम्न सफल भएका छन्। ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत प्रसुन डीएसए सिंगिङ स्टार २०१९ का विजेता हुन्।

थाइल्यान्डको प्रतियोगितामा डीएसए स्टार २०१९ कै विजेता जेसिका ठकुरीले नेसनल कस्ट्युम विधामा कुमारीको पहिरन प्रस्तुत गरेर थर्ड रनर्सअपको स्थान हासिल गरेकी छिन्। उनी मिस फोटोजेनिक पनि भइन्। त्यसैगरी, डीएसए ट्यालेन्ट स्टार २०२० की विजेता लसता महर्जनले पनि मिस फोटोजेनिकको अवार्ड चुमेकी छिन्।

परिवर्तन इभेन्ट हाउसद्वारा राजधानीमा आयोजित नृत्य, गायन र अभिनयसम्बन्धी प्रतिस्पर्धा डीएसए स्टार २०१९ र २०२० मा विजेता भएबापत नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड पुगेका उनीहरूले त्यहाँ करिब ५५ देशका प्रतिस्पर्धीमाझ स्पर्धा गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×