काठमाडौँ - इंल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको सुरुवाती २ खेलका लागि तीब्र गतिका बलर ओली रोबिन्सनलाई टोलीमा बोलाएको छ।
ढाडको चोटका कारण यो वर्षको सुरुवातमा वेस्ट इन्डिजको भ्रमण पछि इंग्ल्याण्डका लागि नखेलेका रोबिन्सन गत हप्ता काउन्टी च्याम्पियनसिपमार्फत मैदान र्फिएका थिए।
जेमी ओभरटनले चोटका कारण खेल्न नसक्ने भएपछि रोबिन्सनले १४ सदस्यीय टोलीमा स्थान बनाएका हुन्। घरेलु टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध ३ खेलको टेस्ट सिरिज खेल्नेछ।
रोबिन्सनले इंग्ल्याण्डका लागि ९ टेस्टमा ३९ विकेट लिएका छन्। त्यस्तै, विकेटकपर साम बिलिङ्सको स्थानमा बेन फोक्सलाई पनि टोलीमा बोलाइएको छ। सिरिजको पहिलो खेल १७ अगस्टबाट लड्समा सुरु हुनेछ।
इंग्ल्याण्डको टोलीमा
बेन स्टोक्स (कप्तान), एलेक्स लिस, ज्याक क्राउली, जो रुट, जोनी बेरिस्टो, बेन फोक्स (विकेटकिपर) ह्यारी ब्रुक, ओली पोप, ज्याक लिच, स्टुअर्ट ब्रोड, जेम्स एन्डरसन, ओली रोबिन्सन, म्याथ्यू पोट्स, क्रेग ओभरटन रहेका छन्।