कपिल शर्मा शोमा काम गरिसकेका हास्य कलाकारले फेसबुक लाइभमा गरे आत्महत्याको कोसिस

द कपिल शर्मा शोमा हास्य कलाकारको रूपमा काम गरिसकेका तीर्थानन्दले फेसबुक लाइभमा विष पिएर आत्महत्याको कोसिस गरिरहेका थिए। यति बेला सोसल मिडियामा भएका केही साथीहरूले त्यहाँको नजिकैको थानामा फोन गरेर प्रहरीलाई जानकारी दिए। 

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार फोन आएपछि प्रहरी सिधै उनको घर पुगे र तीर्थानन्द नजिकैको एक अस्पतालमा लिएर गए। घटनास्थल पुगेका हवलदार मोरेले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा त्यहाँको स्थिति वर्णन गर्दै भने, ‘फोन आउने बित्तिकै हामी मिरा रोडस्थित शान्ति नगरस्थित बी ५१ बिल्डिङको फ्ल्याट नम्बर ७०३ मा पुगेका थियौँ। त्यहाँ पुग्दा फ्ल्याटको ढोका खुलै थियो र एउटा कुकुर पनि थियो। हामीले बोलाउँदा तीर्थानन्द आधा बेहोस थिए। हामीले उनलाई तत्काल अस्पताल लग्यौँ।’

तीर्थानन्दले आफ्नो यो अवस्थाका लागि एक महिलालाई जिम्मेवार बताइरहेका छन्। तीर्थानन्दले फेसबुक लाइभमा भनेका छन्, ‘केही महिना अघि मेरो भेट एक महिलासँग भएको थियो। उनका दुई छोरी छन्। हामी लिभ इनमा बसिरहेका थियौँ। त्यति नै बेला मलाई थाहा भयो कि उनी यौनकर्मीको रूपमा काम गरिरहेकी छिन्। म उनीबाट टाढिन चाहन्थेँ। यसैबीच ती महिलाले मलाई धम्की दिन थालिन्। उल्टै उनले ममाथि मुद्दा दर्ता गरिन्। मुद्दाको डरले म लामो समयदेखि सबैबाट भाग्दै हिँडिरहेको छु। धेरै दिन भयो, आफ्नै घर जान पनि सकिरहेको छैन र फुटपाथमा सुत्न बाध्य थिएँ। यस्ता कुराबाट म आजित भइसकेको छु, त्यसैले म आत्महत्या गर्न चाहन्छु।’

फिल्मी उद्योगमा जुनियर नाना पाटेकरको नामले परिचित
हिन्दी फिल्म उद्योगमा उनलाई नाना पाटेकर जस्तै देखिन्छ भन्ने गरिन्छ। सोसल मिडियामा पनि उनको आधिकारिक नाम जुनियर नाना पाटेकर नै छ। उनले थुप्रै पटक नाना पाटेकरको बडी डबलको रूपमा पनि काम गरेका छन्। यसबाहेक तीर्थानन्द द कपिल शर्मा शोमा पनि देखिइसकेका छन्। जनवरीको महिनामा उनले अभिषेक बच्चनसँग एउटा फिल्म पनि सुटिङ पुरा गरेका छन्। तीर्थानन्द मार्च महिनादेखि बेरोजगार बसिरहेका छन्। यसैबीच उनको रक्सी पिउने लत पनि निकै बढिसकेको छ।

यसअघि पनि गरेका थिए आत्महत्याको कोसिस, छिमेकीले बचाएका थिए ज्यान
करिब दुई वर्ष अघि पनि तीर्थानन्दले २७ डिसेम्बर २०२१ बेलुका विष खाएर आत्महत्याको कोसिस गरेका थिए। छिमेकीलाई शङ्का लागेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। त्यति बेला उनले कोरोनाका कारण काम नपाएपछि यस्तो कदम उठाएको बताएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×