ऋतिक रोशन गर्दै छन् दोस्रो विवाहको योजना?

भारत। बलिउड अभिनेता  ऋतिक रोश र उनकी पत्नी सुजैन खान निकै पहिला छुट्टीसकेका छन्। तर, दुवैबिच अहिले पनि राम्रो सम्बन्ध रहेको छ र दुवैले आफ्नो दुवै सन्तानको राम्रो हेरचाह गरिरहेका छन्। यसैबिच ऋतिक रोशन र सबा आजाद एकसाथ देखिएका छन्। त्यसपछी दुवैको कथित सम्बन्धको खबर फैलन थाल्यो। भनिन्छ ऋतिक रोशन र सबा आजादको भेट तीन महिना अघि ट्विटरमा भएको थियो। र, विस्तारै आफ्नो सम्बन्ध अघि बढाइरहेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार ऋतिकले सबालाई आफ्नो परिवारसँग पनि भेटाइसकेका छन्। ऋतिकको परिवारसँग खिचिएको सबाको तस्विर भाइरल भएको छ। अब थाह भएको छ कि जोडी वैवाहिक बन्धनमा बाँधीने तयारीमा रहेका छन्।

खबरका अनुसार ऋतिक रोशन र सबा आजाद आफ्नो सम्बन्धलाई लिएर निकै गम्भीर छन् र सम्बन्धलाई अघि बढाउन चाहन्छन्। जोसी विवाहको योजना बनाईरहेका छन्। तर, अहिलेसम्म केहि तय भने भइसकेको छैन। दुवै खुशी छन्। स्रोतले अगाडी बताए ऋतिक रोशन हतार गर्न चाहदैनन्, र विस्तारै आफ्नो सम्बन्धलाई अर्को स्तरमा लैजान समय लिनेछन् तर उनी विवाह गर्ने मुडमा छन्। ऋतिक आफ्नो सम्बन्धलाई सञ्चारमाध्यमबाट टाढा राख्न चाहन्छन्। ऋतिकले फरहान अख्तरका झैँ सामान्य रूपमा विवाह गर्ने अड्कल काटिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×