'सहरमा एउटा हल्ला'मा पुष्प र समारिका

काठमाडौँ - गायक ज्वाला राज शर्माको स्वरमा सजिएको 'सहरमा एउटा हल्ला' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको  हो।

गीतमा शब्द डा. राजु बाबु श्रेष्ठको रहेको छ भने संगीत अनीश श्रेष्ठको रहेको छ। प्रेमिल शैलीको यस गीतलाई गुरुङ कुमारले सङ्गीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक पुष्प खड्का र समारिका ढकाल फिचर्ड रहेका छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई  विकास धमलाले सम्पादन गरेका हुन्। रनिकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×