ओली–प्रचण्ड आज निर्णायक भेटमा, कांग्रेससहित तीन दल चुनावी तालमेलतर्फ अघि बढ्दै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज आइतबार काठमाडौँमा भेटवार्ता हुँदैछ। च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा हुने भेटलाई आगामी निर्वाचनका लागि निर्णायक राजनीतिक संवादका रूपमा हेरिएको छ।

भेटमा राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा दलहरूबीच सहकार्यको सम्भावनाबारे गम्भीर छलफल हुने बताइएको छ। स्रोतका अनुसार राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच मिलेर जाने अनौपचारिक सहमति यसअघि नै भइसकेको छ। अब त्यसमा माओवादी केन्द्रलाई पनि समेटेर अघि बढ्ने कि नबढ्ने भन्ने विषयमा अन्तिम निर्णय खोजिँदैछ।

एमाले तथा माओवादी नेताहरूका अनुसार संविधान पक्षधर शक्तिहरू एकजुट भएर चुनावमा जानुपर्ने मत बलियो बन्दै गएको छ। यही पृष्ठभूमिमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच सिट तालमेलसहित संयुक्त रणनीति बनाउनेबारे समेत घनिभूत छलफल भइरहेको छ।

राजनीतिक वृत्तमा ओली–प्रचण्ड भेटलाई चुनावी समीकरणको दिशा तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×