नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर प्रभाकर

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ।

सोमबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नियुक्त गरेको जनाएको हो।

पूर्वप्रशिक्षक पुबुदु दासानायकेले कार्यकाललाई ७ महिनामा नै टुंग्याएपछि क्यानले नयाँ प्रशिक्षक खोजिरहेको थियो। नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। प्रभाकरले अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरू दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसिएसनको प्रशिक्षण सम्हालेका छन्।

‘नेपालमा रहेको क्रिकेटप्रतिको लगाव, उनीहरूको प्रतिभा र कौशलता देख्दा म नेपाललाई क्रिकेटको शक्तिको रूपमा विकास गर्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमसँग सहकार्यका लागि तयार छु,’ प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरको भनाइलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ। 

५९ वर्षीय प्रभाकर सन १९८४ देखि १९९६ सम्म भारतको राष्ट्रिय क्रिकेट टिमबाट खेलेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×