काठमाडौँ। अभिनेत्री आँचल शर्मा दक्षिण भारतीय चलचित्रमा देखिने भएकी छिन्। नेपालमा छायांकन भएको तेलुगू चलचित्र ‘हिटम्यान’ मा उनले मुख्य भूमिका निभाउन लागेकी हुन्। चलचित्रको छायांकन काठमाडौँ र पोखरामा करिब १५ दिन भइसकेको छ। चलचित्रमा सम्वाद नेपालीमै रहनेछ। चलचित्रको बाँकी भाग भने भारतको हैदराबादमा खिचिनेछ। आँचलको जोडीको रूपमा चलचित्रमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी रहेका छन्। चलचित्रका निर्देशक समेत रहेका विष्णुको यो चलचित्र नेपाल र भारत दुवै देशमा प्रदर्शनमा आउनेछ।