इटालीका कप्तान चिलिनीले अर्जेन्टिनासँगको खेलपछि सन्यास लिने

काठमाडौं- गत वर्ष मात्र युरो कपको उपाधि उचालेको टोली हो- इटाली तर यसवर्ष हुने विश्वकपमा भने छनोट हुन सकेन।

 

 डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले युरो जित्दा श्रेय पाएका थिए।  विश्वकपमा छनोट नहुँदा पनि गाली उनैले खाए। अब भने चिलिनीले गाली र तालीबाट टाढा हुने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्। वेम्बली स्टेडियममा इटाली र अर्जेन्टिनाबीच आगामी जुन महिनामा मैत्रीपूर्ण खेल हुनेछ। र त्यसलगत्तै चिलिनीले सन्यास लिने घोषणा गरेका हुन्।

सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका चिलिनीले इटालीका लागि ११६ खेल खेलेका छन्। उनी इटालीको चौथो सर्वाधिक राष्ट्रिय टोलीका लागि खेल्ने खेलाडी पनि हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×