आई लिगमा किरण सम्मिलित टोलीको हार

काठमाडौँ - राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्ड ग्लास पन्जाब एफसी बिहीबार आई लिगमा पराजित भएको छ। पन्जाब एफसी घरेलु टोली तिडिम रोड एथलेटिक युनियन एफसीसँँग २-० ले पराजित भएको थियो।

तिडिमले पहिलो र दोस्रो हाफमा समान १ गोल गरेका थियो। बुनाथाङलुनले २५ औं मिनेटमा तिडिमका लागि पहिलो गोल गरेका थिए। अर्को गोल सलाम जोन्सन सिंहले ५५ औं मिनेटमा गोल थपेका थिए। किरण पूरा समय खेलेका थिए।

जारी लिगमा पन्जाबको यो पहिलो हार हो। यसअघिका ५ खेलमा ३ जित निकालेको पन्जाबले १ खेलमा बराबर गरेको थियो। ५ खेलपछि १० अंकका साथ पन्जाब पाँचौं स्थानमा रहेको छ। रियल कस्मिर १६ अंकका साथ शीर्षस्थानमा रहेको छ।

६ खेलमा ७ अंक जोडेको तिडिम सातौं स्थानमा रहेको छ। आई लिगमा १२ टोलीको सहभागिता रहेको छ। आई लिगको तयारीका क्रममा भारतमा रहेका कारण किरण पाकिस्तानविरुद्ध कात्तिक ३० गते दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा उपस्थित थिएनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×