च्याम्पियन्स लिग फाइनलको टिकट 'ब्ल्याक' मा बिक्री हुँदै

काठमाडाैँ - युरोपियन फुटबल महासंघले च्याम्पियन्स लिगको फाइनलमा थर्ड पार्टीमाबाट टिकट खरिद नगर्ने आग्रह गरेको छ। मे २८ मा हुने फाइनलमा लिभरपुल र रियल मड्रिड आमनेसामने हुँदैछन। 

दुबै टिमका समर्थक फाइनलको टिकटका लागि ब्लाक बाट पनि खरिद गरिरहेको खबर पाएपछि यूइएफएले सबैलाई सजक गराएको हो। 

च्याम्पियन्स लिगको फाइनलको टिकट विक्रिका लागि थर्ड पार्टीले पनि आफ्नो वेबसाइटमा राखेको छ। जसमा लाइभफुटबलटिकट डट कममा एक टिकटको मूल्य दुई हजार सात सय ९७ पाउण्ड राखेकोछ। 

पेरिसमा हुने फाइनलमा कुल ७५ हजार टिकट विक्रिमा राखिएको छ। जसमा दुबै क्लबलाई निकै सस्तोमा टिकट विक्रिका लागि दिइएको छ।

दुबै टिमलाई २० हजार दर्शकका लागि टिकट उपलब्ध गराउन अनुमती दिइएको छ। जसको मूल्य चार सय १० पाउण्डदेखि पाँच सय ७८ पाउण्डसम्म रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×