काठमाडौँ - दोस्रो पटक बार्सिलोना छाडेका डिफेन्डर डानी आल्भेजले मेक्सिकन क्लब पुमास उनामसँग फ्री ट्रान्फरमा सम्झौता गरेका छन्।
३९ वर्षीय ब्राजेलीयन डिफेन्डर सन् २०२१ को नोभेम्बरमा बार्सिलोनासँग पुनः जोडिएका थिए। ५ वर्षपछि उनी सिरी ए क्लब युभेन्ट्सबाट स्पेन आइपुगेका थिए।
बार्सिलोनाबाट ४०८ खेल खेलेका आल्भेजले अन्तिम महिना क्लबसंग नयाँ सम्झौता नहुने पक्का भएको बताएका थिए। आल्भेजले सम्झौता गरेको पुमासले सन् २०११ देखि लिग उपाधि जित्न सकेको छैन। ८ वर्ष बार्सिलोना रहदा आल्भेजले ६ ला लिगा र ३ च्याम्पियन्स लिगको उपाधि उचालेका छन्।
उनले ब्राजिलको लागि भने १२५ क्याप जितेका छन्। यसै वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपमा ब्राजिल २३ टोलीभित्र रहने आल्भेजको चाहाना रहेको छ।