हर्था बर्लिनमाथि बोरुसिया डर्टमुन्डको जित

काठमाडौँ - बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा जित निकालेको छ। डर्टमुन्डले घरेलु टोली हर्था बर्लिनमाथि १-० को जित निकालेको हो।

डर्टमुन्डको जितमा पहिलो हाफमा एन्थोनी मोडेस्टेले गरेको गोल नै निर्णायक बन्यो  उनले ३२औं मिनेटमा सली ओजानको पासमा गोल गर्न सफल भएका थिए।

त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोलमा डर्टमुन्डले बुन्डेसलिगामा तेस्रो जित निकाल्न सफल भएको हो। यो जितसँगै डर्टमसन्ड ४ खेलबाट ७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। पराजित हर्था बर्लिन १ अंक जोडेर १७औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×