रामकृष्ण ढकालको स्वरमा ‘भो आँशु नझार’ बोलको गीत सार्वजनिक

काठमाडौँ - गायक रामकृष्ण ढकालको स्वर रहेको ‘भो आँशु नझार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतकार नारायण कंडेलका शब्द शृजना, रमेश कायस्थको संगीत, आशिष अविरलको एरेन्ज, विकाश दाहालको सम्पादन, बुद्ध एण्ड टिमको छायांकन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन्।

भिडियोमा गीतकार नारायण र उनकी पत्नि गंगा घिमिरे कँडेलको अभिनय रहेको छ। भिडियोले प्रेम वियोगको कथालाई कलात्मक शैलीमा बोलेको छ। दु:ख पर्दा साथ छाड्नेहरुको पछिल्लो वास्तविकतालाई भिडियोमा जीवन्तशैलीमा देखाइएको छ।

गीतकार नारायण कंडेलका ‘भेट भयो सोल्टिनीसँग’, ‘चाइनेजो’, लगायतका गीतहरू चर्चित छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×