बंगलादेशमा काेराेनाविरूद्धकाे अतिरिक्त खोप लगाउने अभियान शुरू

एजेन्सी । बङ्लादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन शुरु गरिएको छ ।  सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान शुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

बङ्लादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको सुरुआत गरे।

अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिए ।

अतिरिक्त खोप पनि सुरुमा अग्रपङ्क्तिमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरुलाई लगाइने उनले स्पष्ट पारे ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×