काठमाडौँ। नेपाल प्रेस युनियनले युनियनका केन्द्रीय सल्लाहकार एवं देशान्तर साप्ताहिकका प्रधानसम्पादक कविर राणाको आमा मीनकुमारी राणाको निधनप्रति दुःख व्यक्त गरेको छ।
युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझाले आज शोक विज्ञप्ति जारी गरी वरिष्ठ पत्रकार राणाका ८३ वर्षीया आमा मीनकुमारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्। राणाको आज बिहान निधन भएको थियो । युनियनले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।