इङ्गल्याण्डका पूर्व विकेटकिपर जिम पार्क्सको निधन

काठमाडौँ - इङ्गल्याण्डका पूर्व विकेटकिपर जिम पार्क्सको ९० वर्षको उमेरमा निधन भएको छ। उनी इङ्गल्याण्डका सबैभन्दा पुराना टेस्ट क्रिकेटर थिए। 

सन् १९५४ देखि १९६८ सम्म उनले जम्मा ४६ टेस्ट खेलेका थिए। तर, त्यसपछि उनले ८ वर्षसम्म काउन्टी क्रिकेट खेलेका थिए। उनले पछि ससेक्सका लागि मार्केटिङ प्रबन्धकको रूपमा सेवा गरे, जहाँ उनी दुई पटक क्लबको अध्यक्ष पनि भए।

ससेक्सले पार्क्सको मृत्यु मंगलबार बिहान भएको जनाएको छ। 

पार्कको जन्म क्रिकेटसँग जोडिएको परिवारमा भएको थियो। उनका बुबा र काकाले लगभग ४ सय खेल ससेक्सको लागि खेलेका थिए। जबकि उनका छोराले ह्याम्पशायर र केन्टका लागि विकेटकिपिङ गरेका थिए।

पार्क्सले लेग स्पिनसँगै एक प्रमुख ब्याट्सम्यानको रूपमा आफ्नो क्रिकेट करिअर शुरू गरेका थिए। यद्यपि, पछि उनले विकेटकिपिङ गरेका थिए। उनले सन् १९४९ मा १८ वर्षको उमेरमा क्रिकेटमा डेब्यू गरेका थिए। उनले जम्मा ७३९ फर्स्ट क्लास खेल र १३२ लिस्ट ए खेल खेले।

पार्क्सले पाकिस्तानविरुद्ध एक विशेषज्ञ ब्याट्सम्यानको रूपमा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। तर, त्यसपछि उनले ससेक्सबाट खेल्दै विकेटकिपिङ गर्न थाले। उनले १९५९–६० मा वेस्ट इन्डिजको भ्रमणमा इङ्ल्यान्डको टेस्ट इलेभेनमा स्थान पाए, जहाँ उनले शतक पनि बनाएका थिए। 

उनले टेस्ट खेलमा कुल १९६२ रन बनाएका थिए भने विकेट पछाडि १०३ क्याच लिएका थिए र ११ पटक ब्याट्सम्यानलाई स्टम्प पनि गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×