काठमाडौँ - फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ। चैत्र ११ गतेबाट फिल्म प्रदर्शनमा आउने भनिएता पनि विविध कारणले उक्त फिल्म आजबाट प्रदर्शनमा आएको हो। फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो। यद्यपि, देशभरका चलचित्र घर भने फिल्मले पाएको छैन। अघिल्ला साताहरुमा प्रदर्शनमा आएका बलिउड फिल्म ‘आरआरआर’ लगायत फिल्मले पनि अझै केही चलचित्र घर ओगटेका छन्।
फिल्म ‘हेल्लो जिन्दगी’ महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्को सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो। फिल्मको निर्देशन एभरेष्ट सुर्य बोरोराले निर्देशन गरेका हुन्। युके र नेपालमा खिचिएको फिल्मका निर्माता बिक्रम डि जोशी हुन्। उनलाई निर्माणमा हिराल जोशी र बिक्रम डि जोशी सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मात्रीमा सबिता गुरुङ रहेकी छन्।
बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, एभरेष्ट सूर्य बोहरा, बिक्रान्त बस्नेत, सबिता गुरुङ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त र सनमकुमार बैराग लगायतको अभिनय फिल्ममा छ।