गौरिका लगायतका पौडी खेलाडी सम्मानित

काठमाडौँ - नेपाल पौडी संघले नेपालमा आयोजना भएको दक्षिण एसियाकै उच्च प्रतियोगिता १३औं दक्षिण एसियाली खेलुदमा नेपालको प्रतिनिधित्व गरेका पौडी खेलाडीहरू गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ।

गौरिकालाई १ लाख, डुवानालाई ५० हजार र टिशा तथा अनुशियालाई नगद २५ हजारले सम्मान गरेको हो। गौरिकाले ४ स्वर्ण २ रजत र ३ कांस्य, डुवानाले २ रजत र ३ कांस्य, टिशाले ४ कांस्य र अनुशियाले ३ कांस्य पदक जितेका थिए।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज अथकले पुरस्कार वितरण गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×