काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा खुला दोहोरी गीत प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिता चैत १६ गतेदेखि १९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ।
प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगी कलाकार र समूहहरुलाई २०७८ चैत महिनाको पहिलो हप्ताभित्र दर्ता गर्न आग्रह गरिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई लाख २५ हजार, द्वितीलाई एक लाख ५० हजार, तृतीय हुनेलाई एक लाख पुरस्कार दिइनेछ। त्यसैगरि शान्तवना पुरस्कार ५० हजारको रहेको छ। प्रत्येक समुहमा २ पुरुष र २ महिलासहित उत्कृस्ट भेषभुषालाई समेत पुरस्कृत गरिनेछ।
