एकीकृत समाजवादीका नेता डा. थापाको निधन

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का नेता डा. दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ।

मिर्गाैला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिएका छन्। डा. थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रूपमा क्रियाशील थिए। संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गरेका नेता डा. थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

आजै पशुपतिस्थित आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×