काठमाडौँ - भारतको मध्यप्रदेशको धार जिल्लामा एउटा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
दु दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको थियो। उक्त स्थानमा उद्धार कार्य जारी रहेको र १३ जनाको शव पानीबाट बाहिर निकालिएको छ भने १५ जनालाई सकुशल उद्धार गरिएको छ।
बसमा ५५ जनाले यात्रा गरिरहेको अपुष्ट जानकारी मिलेको स्थानीय प्रहरी अधिकारीले बताए।
महाराष्ट्रको दक्षिणपश्चिमी राज्य इन्डोर शहरबाट महाराष्ट्रका लागि छुटेको थियो । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानका अनुसार पाँच जना मृतकको पहिचान भइसकेको छ भने अन्य व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धासुमन अर्पण गर्दै उनीहरूका आफन्तजनमा समवेदना व्यक्त गरेका छन्।
उनले ट्वीटमार्फत् भनेका छन्, “मध्यप्रदेशमा दुःखद् सडक दुर्घटना भएको छ।” घटनास्थलमा उद्धारकर्मीद्वारा उद्धार कार्य चलिरहेको छ र स्थानीय अधिकारीहरूले प्रभावितहरूलाई सबै सम्भावित सहयोग प्रदान गरिरहेका छन्।