‘घेरो’ द्वारा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मौलिकता

काठमाडौँ -  गण्डकी प्रदेशमा प्रचलित प्राचीन संस्कृतिको बालन शैलीयुक्त मौलिकतासँगै नेपाली समाजमा विद्यमान अन्धविश्वासलाई प्रस्तुत गरिएको लोक नाटक हो ‘घेरो’।

इन्द्रेणी थिएटरद्वारा उत्पादित यस नाटकले नेपाली समाजमा विद्यमान अन्धविश्वासले पारिरहेको असरलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। नेपाली समाजमा लोपोन्मुख अवस्थामा पुगेको विशेषतः गण्डकी प्रदेशमा प्रचलित बालन शैलीलाई नाटकमा प्रस्तुत गरिएको नाटकका लेखक एवं इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए।

“एउटा साधारण घटनाको गलत बुझाइले कतिसम्म नकारात्मक असर गर्दछ र समाजका खराब व्यक्तिले त्यसको कसरी फाइदा उठाउँछन् भन्ने विषय नाटकमा सजिलै देख्न र बुझ्न पाइन्छ”, उनले भन। बालन शैलीलाई प्रयोग गर्नुका साथै भजनबाट कथा वाचन गरिने गण्डकी प्रदेशको बोलीचाली तथा लवज नाटकका बलिया पक्ष रहेको उनले बताए। युथ क्रियसन थिएटरमा पहिलोपटक सन् २०१८ को २९ नोभेम्बरदेखि १४ डिसेम्बरसम्म मञ्चन भएको यो नाटक रारा राष्ट्रिय नाटक महोत्सव, पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित महोत्सवसँगै दक्षिण कोरिया, जर्मनी, कलकत्ता आदि स्थानमा अन्तर्राष्ट्रियरुपमा पनि मञ्चन भइसकेको उनले बताए।

घरको दैलोमो चामलको घेरो देखियो भने अनिष्ट हुने नेपाली अन्धविश्वासलाई जीवन्तरुपमा प्रस्तुत गरिएको घेरोमा माइतीबाट श्राद्ध खाएर फर्केको दम्पती घर पुगेर दैलो खोल्नेबित्तिकै चामलको घेरो देखाइएको छ। यही चामलको घेरोमाथि समाजको रुढीवादी नजर र अन्धविश्वासलाई नाटकमा कलात्मकरुपमा प्रस्तुत गराएको छ। श्राद्ध खाएर फर्कदा पुछारे कान्छाका दम्पतीले घरको दैलो खोल्नासाथ देखेको चामलको घेरो र त्यही घेरो माथि हाम्रो समाजको रुढीवादी हेराइ एवं र अन्धविश्वासलाई नाटकमा प्रस्तुत गरिएको छ।

घरमा चामलको घेरो देखियो भने अनिष्ट हुने अन्धविश्वासले पुछारे कान्छाका दम्पतीले झाँक्री बोलाउँछन्। झाँक्रीले भनेअनुसारका खर्च र काम सकेपछि मात्रै घेरो कसैले हालेको नभई अन्य कारणले चामल पोखिएर बनेको थाहा हुन्छ। झण्डै एक घण्टा २० मिनेट समयावधिको नाटकलाई सुरुदेखि नै बालन शैलीको भजनसँगै अघि बढाइएको हुन्छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×