मुम्बई इन्डियन्समाथि कोलकाताको ५२ रनको फराकिलो जित

काठमाडौँ -  इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्स् गएराति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग ५२ रनले पराजित भएको छ।

यो सिजनमा मुम्बईले अहिलेसम्म खेलेका ११ खेलमध्ये ९ खेल हारिसकेको छ।

 सुरुमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट भएर  १ सय १३ रनको मात्र योगफल बनाएको हो।

मुम्बईका लागि इशान किशनले ५१, केइरन पोलार्डले १५, टिम डेभिडले १३ र रामनदीप सिंहले १२ रन बनाएका थिए।

कोलकताका लागि पाट कुमिन्सले तीन ३,आन्द्रे रसेलले २ तथा टिम साउथी र वरूण चक्रवर्तीले १/१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको कोलकताले नौ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। कोलकताका लागि वेङकेटेश अयर र नितिश रानाले समान ४३ रन बनाएका थिए। त्यस्तै, अजिन्के रहाणेले २५ र रिङ्कु सिंहले २३ रन बनाएका थिए।

त्यस्तै, मुम्बईका लागि जसप्रित बुम्राहले ५ विकेट लिएका थिए। त्यस्तै, कुमार कार्तिकेले २ तथा डानिल साम्स र मुर्गान आश्विनले समान १/१ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×