भारत। अहिले मनोरंजन जगतमा बलिउड कलाकार विक्की, कटरीनाको विवाहको चर्चापरिचर्चा निकै चलेको छ। ९ डिसेम्बरमा जोडी शाही अंदाजमा वैवाहिक बन्धनमा बाँधिएको हो। जोडीले सामाजिक सञ्जालको माध्यमबाट आफ्ना प्रशंसकहरुलाई विवाहको जानकारी पनि दिएका छन्। प्रशंसकहरु तथा बिभिन्न कलाकर्मीहरू सामाजिक सञ्जालको माध्यमबाट जोडीलाई बधाई दिइरहेका छन्। यसैबिच एक रोचक खबर बाहिर आएको छ। खबरका अनुसार विक्की-कटरीना हनीमूनका लागि माल्दिभ्स जानेछन्। र, रोचक कुरा यो छ की हनीमून फिल्मी थीम बेस्ड हुनेछ। हनिमुन कम से कम दुई महिना सम्म चल्ने अड्कल गरिएको छ। हनिमुनमा केहि लोकप्रिय चलचित्रका सिनहरू समेत रिक्रिएट गरिनेछ।