काठमाडौँ। बिभिन्न पेशा तथा क्षेत्रका बिभिन्न व्यक्तिले पल शाह प्रकरणमा आफ्नो धारणा राखीरहेका छन्। यतिबेला सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यम यहि प्रकरणका खबरले भरिएका छन्। यसैबिच राजनीतिज्ञ तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि आफ्नो कुरा राखेका छन्। उनले न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन्।
उनलेले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा राखेका हुन्। सञ्जालमा उनले लेखेका छन् "नाबालिग किशोरीको यौनशोषणसम्बन्धि अति संवेदनशील मुद्दामा पहिलो दृष्टिमै पिडितप्रति सहानुभूति/समर्थन हुनु पर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो। लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर सुरुमै न्याय प्रभावित नहोस्।"
यतिबेला पल शाह एक नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ।
