अभिनेत्री दीया पुनद्वारा सगरमाथा अरोहण

काठमाडौँ - कुशल अभिनेत्रीको रुपमा आफ्नो छवी बनाएकी दीया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। 

आज विहान निर्मल पूर्जा र दीया पुनसहित २० जनाको आरोही दल ८,८४८.८६ मिटर उचाइको सगरमाथाको सफल आरोहण गरेको हो। अभिनेत्री दीयाले आफ्नै ४२ लाख खर्चमा तीन च्यारिटी उद्देश्यका साथ सगरमाथा आरोहण गरेकी हुन्।

उक्त च्यारिटीहरुमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस टुगेदर), कोलचेस्टर अस्पताल र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फस्र्ट रहेका छन्।

सगरमाथा आरोहण गर्ने अभिनेत्रीहरुमध्ये दीया दोस्रो हुन्। यस अगाडि अर्की अभिनेत्री निशा अधिकारीले पनि सगरमाथा आरोहण गरेकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×