यस्तो प्रधानमन्त्री प्रचण्डको आजको भारत भ्रमण तालिका

काठमाडौँ - चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज मध्य प्रदेशको उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे मन्दिरमा पुग्नेछन्। त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन्। 

नेपालका प्रधानमन्त्रीको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घण्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ।

यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो। सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

त्यहाँ प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×