दसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको संख्या तीव्र गतिमा बढ्दै गएको छ। विद्यालय–कलेज बिदा सुरु भएसँगै गोङ्गबु बसपार्कमा बिहानैदेखि टिकट लिन र घर फर्किन यात्रुहरूको भीड लाग्ने गरेको छ।
घटस्थापनादेखि हालसम्म करिब १ लाख ३८ हजार २९६ जना उपत्यका बाहिरिएको तथ्यांकले देखाएको छ।