मुस्ताङ - मुस्ताङ उडेको समिट एयरको विमान पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। कास्कीका एसपी अजय केसीका अनुसारे उडेको केही मिनेटमा जहाज आकस्मिक अवतरण गरिएको थियो।
प्राविधिक समस्या देखिएका कारण आकस्मिक अवतरण गरिएको वताइएको छ। जहाज बिहान ७ बजेर ५९ मिनेटमा पोखराबाट मुस्ताङका लागि उडेको थियो। विमानमा १८ प्यासेन्जर यात्रारत थिए। विमान र यात्रु सुरक्षित छन्।