फिल्म ‘आँखा’को छायांकन सकियो

काठमाडौँ - जोन योञ्जनको निर्देशनमा बनेको फिल्म ‘आँखा’को छायांकन सकिएको छ। शुक्रबार फिल्मको छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको हो।

सामाजिक कथावस्तुमा बनेको फिल्मको छायांकन २१ दिनअघि सुरु भएको थियो। फिल्ममा निशा अधिकारी, आरके मेहता, अस्मिता लामिछाने लगायतको मुख्य भूमिका रहेको छ।

सँगै फिल्ममा बुद्धि तामाङ, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, राजन खतिवडालगायतका कलाकारको अभिनय रहेको छ।

सामाजिक कथावस्तुमा बनेको यो फिल्मलाई आकोश शुक्लाले खिचेका हुन्। फिल्म आगामी वर्ष २०८० मा प्रदर्शन हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×