ललितपुर – ललितपुरकाे धोबीघाटमा रहेको कबाडी कारखानामा आगलागी हुँदा तीन जना घाइते भएका छन्। आगलागीबाट दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिक घाइते भएका प्रहरीले जनाएको छ।
चितवन घर भइ धोबीघाट बस्दै आएका ३० वर्षका गणेण गुरुङ, भारत घर भइ धोबीघाट नै बस्दै आएका ४५ वर्षका शिवनारायण केदा र राम आशिस शाह जलेर घाइते भएका हुन्। तीनै जनाको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ।
विद्युत् शर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। अहिले उपत्यकाका विभिन्न ठाउँको दमकल र पानी ट्याङ्करको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ।