काठमाडौँ - इराकको कुर्दिश क्षेत्रमा १२ ओटा क्षेप्यास्त्र प्रहार गरिएको छ। क्षेत्रीय राजधानी इब्रीलमा स्थानीय समयानुसार आइतबार विहान ११ बजे घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्।
इराकको सिमा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको क्षेत्रीय गृह मन्त्रालयले जनाएको छ। क्षेप्यास्त्रका कारण एक जना घाइते पनि भएका छन भने कतिपय भवनहरुमा समेत क्षति पुगेको अधिकारीहरूले जनाएका छन्। मन्त्रालयद्धारा जारी वक्तव्यका अनुसार कुर्दिश सुरक्षा फौजले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको छ। घटनाका बारेमा थप जानकारी अनुसन्धान पछि मात्रै दिने पनि मन्त्रालयका अधिकारीहरुको भनाइ छ।
घटनाका सम्बन्धमा अहिलेसम्म कसैले पनि जिम्मेबारी दिएको छैन। तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा शान्त मानिएको कुर्दिशमा भएको घटनाले थप चिन्ता थपेको अधिकारीहरुले बताएका छन्।