विजय देवरकोण्डा र अनन्या पाण्डेको 'लाइगर'को प्रदर्शन मिती घोषणा गरियो

भारत। दक्षिण भारतीय कलाकार विजय देवरकोण्डा र अनन्या पाण्डे अभिनित चलचित्र 'लाइगर: साला क्रसब्रीड'को प्रदर्शन मिती घोषणा गरिएको छ। अभिनेता विजय देवरकोण्डाले आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन्। विजयले पोस्टमा लेखेका छन् " समय आएको छ, एउटा लामो यात्रा अब दुई मितिमा सकिनेछ। तयार रहनुहोस्। र, ति शब्दहरूलाई याद राख्नु होला, जुन भनिएको थियो। लाइगर।" विजयका अनुसार चलचित्र २५ अगस्ट २०२२बाट विश्वभरि प्रदर्शन हुनेछ भने चलचित्रको पहिलो झलक ३१ डिसेम्बर २०२१मा देखाईनेछ। चलचित्र हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा प्रदर्शन हुनेछ। धर्मा प्रोडक्सन्स र पुरी कनेक्ट्सको ब्यानर तल बनिरहेको चलचित्रका निर्देशक पुरी जगन्नाथ रहेका छन्। करन जोहर, चार्मी कौर, पुरी जगन्नाथ र अपूर्व मेहताले पनि चलचित्रको प्रोड्युस गर्दैछन्। चलचित्रमा विजय र अनन्याका अलावा राम्या कृष्णन, विशु रेड्डी, रोनित रोय, मकरंद देशपाण्डे, आली र गेटअप श्रीनू पनि मुख्य भूमिकामा देखिनेछन्। चलचित्रमा विश्वप्रख्यात बक्सर माइक टाइसनलाई पनि देखिनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×