टि-२० सिरिजमा पाकिस्तानको विजयी सुरुवात

काठमाडौँ - पाकिस्तानले त्रिकाणात्मक टि-२० सिरिजमा विजयी सुरुवात गरको छ। न्युजिल्याण्डको क्राइस्टचर्चमा शक्रबार भएको खेलमा घरेलु टोलीले बङ्लादेशलाई २१ रनले पराजित गरेको हो।

टस जितेर बङ्लादेश बलिङ रोजेसँगै पाकिस्तान ब्याटिङमा उत्रिएको हो। पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १६७ रन बनायो। उसका लागि मोहम्मद रिज्वानले अविजित ७८ रन र शान मसूदले ३१ रन बनाएका थिए।

बङ्लादेशका तस्किन अहमदले २ र नसुम अहमदले १ विकेट लिएका थिए। १६८ रनको लक्ष्य बङ्लादेशले भेटाउन असफल भयो। बङ्लादेशले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो।

उसका लागि लिटन दासले ३५ र अफिफ हुसेनले २५ रन बनाएका थिए। यस खेलसँगै बङ्लादेश, न्युजिल्याण्ड र पाकिस्तानबीचको त्रिकोणात्मक सिरिज सुरु भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×